हाम्रो बारेमा

२०४६ सालको ऐतिहासिक जनआन्दोलन बाट प्राप्त उपलव्धीको उपयोग गरी २०४७ साल बैशाख ८ गते विराटनगरको रामजानकी मन्दिरमा नेपाल बैंकमा कार्यरत कर्मचारीहरूलाई संघको झण्डामुनि गोलबद्ध गर्दै पेशागत हकहित, ट्रेड यूनियन अधिकारको संरक्षण र सम्वद्र्धन गर्ने ” पवित्र उद्देश्य लिई सुरु भएको हाम्रो यात्रा ३४ औ वर्षमा अघि वढी रहेको छ । यस विचमा संघ अनेकौ आरोह अवरोहका विच यंहा सम्म आई पुगेको छ । संघले आफ्नो स्थापना काल देखि नै कर्मचारी हक हित, समयानुकुल सेवासुविधा वृद्वि  र संस्थाको हितमा सदा अग्र पङ्गतिमा रहेर नेतृत्वदायी भुमिका निर्वाह गरेको छ ।

नेपाल वैक कर्मचारी संघ सञ्चालनका आधार भनेको यसका विधान र घोषित स्पष्ट नीति, विचार र कार्यक्रम नै हो र संघले लिएको निति, विचार र कार्यक्रम तथा हामी विचको एकता, हार्दिकता र सौहार्दता जस्ता सकारात्मक पक्षहरुले गर्दा नै हामी तमाम ऐतिहासिक जिम्मेवरीलाई सामुहिक रूपमा पुरा गदै आजको अवस्थामा आईपुगेका छौ ।

संघ स्थापनाको क्रममै यसले आफ्नो ध्येय र उदेश्यको निर्धारण, शक्तिको पहिचान,समय अनुसार नारामा परिवर्तन, एकद्घार अवकास नीतिको वकालत, अवसरको खोजी, चुनौतीहरूको आंकलन र दायित्ववोधको पहिचान गरी संघमा आवद्ध सम्पूर्ण आजीवन तथा साधारण सदस्यहरूलाई सुसुचित गर्दै आईरहेको छ । तथापी संघ प्रति र नेतृत्व प्रति अनेक गुनासो र आलोचनाहरू हुन सक्छन् ति सवै सुन्ने धैर्य हामीमा हुनु पर्छ तव मात्र संगठन र नेतृत्व लोकतान्त्रीक वन्न सक्दछ । हामीलाई हाम्रा अग्रजले दिएको मुलमन्त्र नै यही हो ।